सूचना गोप्य राख्ने गरी गरिएको वर्गीकरणको निर्णय कार्यान्वयन नहुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६७ दिन अगाडि
सूचना गोप्य राख्ने गरी गरिएको वर्गीकरणको निर्णय कार्यान्वयन नहुने

 काठमाडौं - सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचनाको वर्गीकरणको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवालसँगको छलफलमा यो निर्णय कार्यान्वयन नगर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । 

मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै सरोकारवालसँग छलफल गरेका हुन् ।