काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ताको लागि बालुवाटार पुगेका हुन् ।
उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्चको फैसला पछि सांसद् पद, गृहमन्त्री पद र पार्टी सभापतिको पद गुमेको थियो । तर आइतबारै रविले नेपाली नागकिरता पुनः प्राप्ति गरिसकेका छन् । योसगै उनी पुनः गृहमा फर्कन चाहन्छन् । यसको लागि उनी दौडधुपमा छन् । उनको पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ ।
रविको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन बाँकी नै छ । तर गैरसांसद् पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था अनुरुप रवि जसरी पनि गृहमा फर्कन खोजिरहेका छन् । उनको नागरिकता विवादमा फैसला भएपनि दोहोरो राहदानी बोकेको सम्बन्धमा अझै छानबिन बाँकी नै छ । भने सर्वोच्चको पुर्ण फैसला पनि आएको छैन यस्तोमा रविले तालुकदार मन्त्रालयमै पुनः बहालीको लागि आशक्ति देखाइरहेकोले आलोचित पनि बनिरहेका छन् । स्वार्थ बाँझिने मन्त्रालयमै रविको प्रवेश प्रयासले उनको चर्को आलोचना भइरहेको छ ।