सुर्खेतमा एक युवा मृत भेटिए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६६ दिन अगाडि
सुर्खेतमा एक युवा मृत भेटिए

सुर्खेत - सुर्खेतमा एक जना युवा मृत अवस्थामा भेटिएका छन्। 

जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लाको  अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको हो ।  

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।