ओली र रविकाे दबाबका बीच गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९४ दिन अगाडि
ओली र रविकाे दबाबका बीच गृहमन्त्रीबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

ढिलो गरी सुरु भएको आजको बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी बैठको एजेण्डाबारे छलफल हुने जनाइएको छ। रवि लामिछानेले गृहमन्त्रालय मागिरहेका छन् भने नागरिकता र राहदानी विवादमा मुछिएका लामिछानेलाई तालुकदार मन्त्रालय नदिने अडानमा माओवादी र प्रधानमन्त्री छन् । 

रवि गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ। मंगलबारको भेटमा पनि प्रधानमन्त्री गृृहमन्त्रालय दिन सकारात्मक नदेखिएपछि रविले सरकारबाट बाहिरिने चेतावनी समेत दिइसकेका छन् । 

सरकारको नेतृत्व गरेपनि महत्वका मन्त्रालय नपाएको माओवादीले अब भने गृहमन्त्रालय नछोड्न दबाब नेतृत्वलाई दिएको छ । उता, सत्तगठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा भने रविलाई गृह दिन प्रचण्डलाई दबाब दिइरहेका छन् ।