रेशमसँग उन्मुक्ति पार्टी र जसपाबीच एकताबारे छलफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
रेशमसँग उन्मुक्ति पार्टी  र जसपाबीच एकताबारे छलफल

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ ।

जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । 

मंगलबार बिहान भएको भेटमा दुईबीच करिब १ घण्टा छलफल भएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ ।