सुधिर र मलिका फिचर्ड आइटम गीत ‘आउसँगै झुमी नाचौँ’ बजारमा ( भिडियो )

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
सुधिर र मलिका  फिचर्ड आइटम गीत ‘आउसँगै झुमी नाचौँ’  बजारमा  ( भिडियो )

काठमाडौं - गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् ।

लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अहिले युवा पुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठकाे भनाइ छ ।

बेरोजगारीलगायतका समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलोसाथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायिका लक्ष्मीकाे भनाइ छ ।

प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।  

गीतकाे भिडियाे