आज भारतमा बजेट भाषण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
आज भारतमा बजेट भाषण

एजेन्सी - भारतमा आज बजेट भाषण हुँदै छ । 

बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी छिन् । आज अर्थमन्त्रीले वर्तमान सरकारको अन्तिम पूर्ण बजेट पेस गर्नेछिन् । पछिल्लो दुई वर्ष झैँ यस वर्ष पनि केन्द्रीय बजेट कागजविहीन हुनेछ । बजेट प्रस्तुत गर्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले बजेट देशका सर्वसाधारणको आशा र आकांक्षा पूरा गर्ने र विश्वका लागि पनि आशाको किरण साबित हुने बताएका छन् ।

मङ्गलवार प्रस्तुत आर्थिक सर्वेक्षणमा भारतको अर्थतन्त्रले धेरै क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको बताइएको छ । यस सर्वेक्षणमा आगामी आर्थिक वर्षमा देशको कुल ग्राहस्थ उत्पादन ६ दशमलव ७.८ प्रतिशत हुने अनुमान गरिएको छ ।