रविलाई मन्त्री बनाउन राप्रपाले पनि दियो प्रचण्डलाई दबाब

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
रविलाई मन्त्री बनाउन राप्रपाले पनि दियो प्रचण्डलाई दबाब

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच बुधबार बिहान भेटवार्ता भएका छन् ।

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री समेत रहेका लिङदेन बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
भेटमा मन्त्री लिङ्देनले रविलाई गृहमन्त्रालय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । । लामिछानेलाई मन्त्री नियुक्त गर्दा गठबन्धन बलियो हुने तर्क लिङ्देनको छ । 

लामिछानेलाई मन्त्री बनाउन यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दबाब दिँदै आएका थिए । आजै पनि ओलीले प्रचण्डलाई भेटेर गृह रविलाई दिन भनेका थिए । उता, गृह मन्त्रालय माओवादीमै राख्न पार्टी भित्रबाट प्रचण्डलाई दबाब छ । सरकारको नेतृत्व गरेको पार्टीको कुनै शक्तिशाली मन्त्रालय नुहँदा माओवादी गठबन्धनमा कमजोर छ  । त्यसमाथी नागरिकता विवाद र राहदानीको पनि विवादमा परेका रविलाई तालुकदार मन्त्रालय दिएर सरकारको आलोचना गर्ने बाटो हुने तर्क प्रचण्डको छ । कम्तमिा सर्वोच्च अदालतको पूर्ण फैसलापछि मात्र गृहबारे छलफल गर्ने मनोस्थितिमा प्रचण्ड छन् ।