आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७६ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौँ - बुधबार नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेर पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।