काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र चलाएको भन्दै कारबाहीको माग गरिएको छ ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए ।
आलमले दर्जनौँ मानिसलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका छन् ।