काठमाडाै -दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को दर्शकमाझ लोभलाग्दो हाइप देखिएको छ ।
निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्रको पहिलो गीतले यतिबेला युट्युबमा निकै लोभलाग्दो भ्युज पाइरहेको छ । सोमवार बेलुका चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ, जसले युट्युबमा राम्रो भ्युज पाइरहेको हो ।दुइ िदन अघि िरलीज भएको छक्कापन्जा ४ को गीतले ११ लाख २९ हजार प्लस भ्युज पाइसकेको छ ।
डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको उक्त गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा साथमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, स्वस्तिमा खड्का, राज आचार्य, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई प्रस्तुत गरिएको छ । गीतमा ‘तितोसत्य’का राजको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ ।
भिडियो