भारतले नेपाललाई दिने अनुदान घटायो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
भारतले नेपाललाई दिने अनुदान घटायो

काठमाडाै‌ - छिमेकी मुलुक भारतले आउने आर्थिक वर्षमा नेपाललाई दिने अनुदान प्रतिवद्धता घटाएको छ।

बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन् । भारतीय बजेटअनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ । गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो। सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो ।   आर्थिक वर्ष २०२१-०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो। यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।