पर्यटन प्रवर्द्धनका लागि 'मानाभरा डाँडा पदयात्रा' कार्यक्रम सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६० दिन अगाडि
पर्यटन प्रवर्द्धनका लागि 'मानाभरा डाँडा पदयात्रा' कार्यक्रम सम्पन्न

काठमाडौं - राष्ट्रिय युवासंघ नेपाल मिक्वाखोला गाउँपालिकाको आयोजनामा एक दिने 'मानाभरा डाँडा पदयात्रा' कार्यक्रम सम्पन्न गरेको छ ।

ताप्लेजुङ जिल्ला मिक्वाखाेला गाउँपालिकामा रहेको मानाभरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यसहित उक्त पदयात्रा कार्यक्रम सम्पन्न गरिएको हो । 

राष्ट्रिय युवासंघ नेपाल मिक्वा खोला गाउँपालिकाकाका संयोजक मिथुन सावाका अनुसार ३२ सय मिटर उचाइमा रहेको मानाभरा पर्यटकीय गन्तब्यका लागि निकै सुन्दर र संभावना बोकेको क्षेत्र पनि हो ।

पदयात्रामा युवासंघ नेपाल ताप्लेजुङ जिल्ला इन्चार्ज गोपाल न्यौपाने, युवासंघ नेपाल प्रदेश कमिटी सदस्य मानिक तुम्बाहाम्फे, पार्टीका प्रदेश कमिटी सदस्य हरी थलङलगायत एक सय बढी युवाहरूको सहभागिता रहेको थियो ।

पदयात्रा मिक्वा खोला गाउँपालिका केन्द्र बाट सुरुभइ, माने पोखरी, सुके, टासीछ्योलिङ गुम्बा, चिसोपानी, देउराली, वाक्बा पोखरी मानाभर देवीहुँदै मानाभरा शीरसम्म पुगेर सकिएको थियो ।