काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज पनि रवि लामिछाने पुगेका छन् ।
बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घन्टा समय बिताएका रविले आफूलाई गृहमन्त्रालय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
सर्वाेच्चको फैसलापछि आइतबार नेपालको नागरिकता पुनः प्राप्ति गरेका रविले त्यसपछि दिनकै प्रधानमन्त्री निवास धाइँरहेका छन् । बिहिबारको भेटमा पनि रविले आफँैलाई गृहमन्त्री बनाउन आग्रह गरेका छन् । बाहिर आएको टिप्पणीलाई चासो नदिएर आफूलाई गृहमन्त्री दिए सबै मिल्दै जाने रविको तर्क छ । स्रोतका अनुसार रविले आफूविरुद्ध सामाजिक संजालमा आएका टिप्पणीबाट प्रभावित नहुन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
तर प्रधानमन्त्रीले भने पुरानै अडान कायम राखेका छन् । उनले रविलाई सर्वोच्चको पूर्ण फैसला कुर्न भनेका छन् । राहदानी विवाद टुंगिएपछि गृहमन्त्रालय दिने आश्वासन समेत प्रधानमन्त्रीले दिएका छन् । तर रवि भने गैरसांसद्को हैसियतमा भएपनि मन्त्रालय छिर्ने दाउमा छन् । यसको लागि उनले भरपुुर शक्तिको प्रयोग गरिरहेका छन् । सरकारबाट बाहिरिने धम्कीसँगै सत्ता गठबन्धनको अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाब पनि प्रचण्डमाथी प्रयोग गरेका छन् ।