काठमाडौं - सत्तारुढ गठबन्धनको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने समयमा नै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको भन्दै अब पनि गृह उसैलाई दिनुपर्ने दोहोर्याएका छन् ।
बिहिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गृह रास्वपालाई नै दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्ण पाठ कुर्ने बताएकोबारे पत्रकारले सोधेका प्रश्नमा उनले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्नलाई हो ?’
ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्।