रविकाे चेतावनी, 'म अभिमन्यू होइन, मेरो मौनता आजसम्मको लागि मात्र हो'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६६ दिन अगाडि
रविकाे चेतावनी, 'म अभिमन्यू होइन, मेरो मौनता आजसम्मको लागि मात्र हो'

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् ।

बिहिबार सामाजिक सञ्जालमा आफूविरुद्ध बोल्नेहरुको लागि चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो' । उनले आफू अभिभमन्यू नभएको पनि बताएका छन् । महाभारतमा  अभिमन्यूलाई चक्रव्यूँहभित्र पस्न सक्ने तर निकस्न नसक्ने पात्रमा रुपमा चित्रित गरिन्छ ।  उनले सामाजिक संजालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’। 

लामिछानेले आफूले नेपालको नागरिकता पुनः प्राप्ति गरेको भन्दै गैरसांसद्को रुपमा भएपनि गृहमन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिरहेका छन् । बिहिबार पनि उनी प्रधामन्त्रीसँग भेटवार्ता गरेकाथिए । तर प्रधानमन्त्रीले सर्वोच्चको पूर्ण फैसला नआएसम्म गृहमन्त्रालय रवि र उनको पार्टीलाई दिन नसक्ने अडान कायमै राखेको छन् । यता गृहमन्त्रालय नपाए सरकार छोड्ने चेतावनी रास्वपाले दिइसकेको छ । यसैबीच रविको यस्तो स्टाटसले अब रास्वपा सरकारबाट बाहिरने संकेतको रुपमा बुझिइएको छ ।