रविले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६५ दिन अगाडि
रविले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं - जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्। उनले रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै आत्मदाहको प्रयास गरेका हुन् ।  कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। आत्मदाह गर्न पेट्रोल खन्याउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेकोले कुनै अतुुलनिय क्षति भने हुन पाएन । प्रहरीसँगको कुराकानीमा उनले देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ । रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाचेर के गर्नु, भन्ने जस्ता अभिव्यक्ति दिएका छन् ।