कस्ताे रहला शुक्रबारकाे माैसम ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
कस्ताे रहला शुक्रबारकाे माैसम ?

काठमाडौँ - हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ।

दिउँसोː  प्रदेश एक र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। यो क्रम राति पनि जारी रहनेछ । 

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।