फेरि सर्‍यो माओवादीको स्थायी समिति बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८४ दिन अगाडि
फेरि सर्‍यो माओवादीको स्थायी समिति बैठक

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक फेरि सरेको छ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार दिउँसो १ बजेका लागि सारिएको हो।  बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव माओवादीको बैठकमा समेत परिरहेको छ।