ह्याक भयो प्रदेशसभा सचिवालयको वेवसाइट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
ह्याक भयो प्रदेशसभा सचिवालयको वेवसाइट

 धनगढी - सुदूरपश्चिम प्रदेशसभा सचिवालयको  वेबसाइट ह्याक गरिएको छ ।

वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।