जितु र साम्राज्ञीको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ हलमा लाग्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८३ दिन अगाडि
जितु र साम्राज्ञीको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ हलमा लाग्यो

काठमाडाै‌  -नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो ।  डा. भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशनमा बनेको हो । रोमान्टिक–कमेडी जनरामा निर्माण चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ । फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा सवा २ घण्टा लामो यस चलचित्रले पेश गर्छ ।  जितुले सोलो रुपमा लिड भूमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो ।  गत मंगलवार गरिएको प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट ‘ह्यारी कि प्यारी’ले राम्रो प्रतिक्रिया पाएको थियो ।  चलचित्रले राम्रो कमाई गर्ने विश्वास निर्माण टिमको छ ।