काठमाडाै -‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् ।
करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत ‘चङ्गा’ बोलको गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय हेर्न सकिन्छ । ‘चङ्गा’ गीतमा शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको रहेको छ । देवेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङ पनि उनकै छ । गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसंग करण पनि देखिएका छन् । दयाहाङसंगको यो सहकार्य दर्शकहरुका लागी उपहार स्वरुप ल्याएको करणले बताए ।