काठमाडौं - बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवाी खडा गर्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।