एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६२ दिन अगाडि
एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने

 काठमाडौं - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।

केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिए ।

समूहमा आइतबार विहानसम्म छलफल हुने र समूहको निश्कर्ष पेश गर्ने कार्यतालिका रहेको छ । शनिबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।