माघ २९ र फागुन १ गते एमाले केन्द्रीय समितिको बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८९ दिन अगाडि
माघ २९ र फागुन १ गते एमाले केन्द्रीय समितिको बैठक

काठमाडौं - नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । 

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिएका छन् ।

पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताएका छन् ।