काठमाडौँ - आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।
बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। रास्वपाका सभापति रवि लामिछानेले उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने बताएका छन् ।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए। उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिन लागेका हुन्।