सर्वदलीय सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक अनिश्चित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
सर्वदलीय सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक अनिश्चित

हेटौंडा - बागमती प्रदेशमा सर्वदलीय सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

साेमवार सभामुखको सफिारिसमा प्रदेश सचिवले बोलाएको सर्वदलीय बैठक पनि विना निष्कर्ष टुंगिएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको हो ।

आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा संसदीय समिति गठनको कार्यसूची थियो ।  सर्वदलीय बैठकमा कांग्रेसले ५ वटा समितिका सबै सभापतिहरु कांग्रेसलाई दिनुपर्ने माग गरेको छ । सरकारलाई विश्वासको मत दिएका कारण कांग्रेसले सबै सभापति माग गरेको हो । कांग्रेसले सबै सभापतिहरु नपाए कुनै पनि समितिमा सदस्य नपठाउने अडान लिएको छ । त्यस्तै एकीकृत समाजवादी पनि सदस्य नै नपाउने तयारीमा छ । 

उता नेमकिपाले भने सार्वजनिक लेखा समितिको माग गरेको छ । बागमती प्रदेशसमा नेमकिपाले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मानेको छैन । सो पार्टीले आफु प्रतिपक्ष दल भएको दावी गर्दै बैठमा सार्वजनिक लेखा समिति मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए  ।  यता, गठबन्धन दल भने यसअघि देखि नै भागबन्डाको किचलो भएकोले बैठकमा सहमति जुट्न नसकेको सहभागी ती नेताले बताए । आजै ४ बजेका लागि अर्को सर्वदलीय बैठक बोलाइएको छ ।