कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने उपाध्यक्ष पाण्डेको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी  हुने उपाध्यक्ष पाण्डेको भनाइ

काठमाडौं - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन् । 

अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने पाण्डेले बताए ।

‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुप¥यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने प¥यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन’  पाण्डेले भने, ‘अहिले एमालेसहित अरु पार्टी सरकार हुँदा हामी जाँदैनौं ।’ 

उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताए ।  त्यसका लागि दलहरुले समेत भूमिगत रुपमा संवाद जारी राखेको उनले बताए । रास्वपा सरकारबाट बाहिर निस्किएपछि भूमिगत संवादले तीव्रता लिएको नेताहरुले बताएका छन् ।