मानव बेचबिखनमा मनोज पाण्डेलाई ७ वर्ष कैद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८० दिन अगाडि
मानव बेचबिखनमा मनोज पाण्डेलाई ७ वर्ष कैद

काठमाडौं - सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ७ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् । 

काठमाडौं जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । 

मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो । सोमबार मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएलगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने देखिएको हो ।