आज ‘सेफर इन्टरनेट डे’ अर्थात सुरक्षित इन्टरनेट दिवस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
आज ‘सेफर इन्टरनेट डे’ अर्थात सुरक्षित इन्टरनेट दिवस

काठमाडौं-  हरेक वर्ष अंग्रेजी महिना फेब्रुअरीको पहिलाे मंगलबार  ‘सेफर इन्टरनेट डे’ अर्थात सुरक्षित इन्टरनेट दिवस मनाइने गरिन्छ ।

यस दिवस मनाउँदै गर्दा प्रत्येक प्रयोगकर्ताले आफ्नो डाटा लीक नगरी जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न पाऊन् भन्ने उद्देश्य राखिएकाे छ। 

 “राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” , “Together for a better internet” नारासहित यस वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वभरि विभिन्न कार्यहरुका साथ मनाइँदैछ।

प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य, साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, उदीयमान अनलाइन मुद्दाहरू र हालका सरोकारहरूको बारेमा सचेतना जगाउने हो।

नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै छ । यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजुट गर्नेछ। 

अमेरिकाको नेशनल सेन्टर फर एक्सप्लोइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए। सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको संख्या २६३,१३० पुगेको छ।  यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिबन्ध छि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको उल्लेख छ।