राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८८ दिन अगाडि
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज

काठमाडौँ - नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ।

संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छिन।  

शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।