एआईजी पुजा सिंह अवकाशमा जाँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७१ दिन अगाडि
एआईजी पुजा सिंह अवकाशमा जाँदै

काठमाडौँ - नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंह अवकाशमा जान लागेकी छन् ।

एआईजीको उमेरहदका कारण उनी फागुन ३ मा सेवा निवृत्त हुन लागेकी हुन् । प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ ।

मानव श्रोत विकास विभागमा कार्यरत सिंह नेपाल प्रहरीको प्रशासन तर्फको पहिलो महिला एआईजी हुन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहसँगै पुजा २०७९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएकी थिइन् । पुजाको  अवकाशसँगै प्रहरीमा ५ जना एआईजीको दरबन्दी रिक्त हुनेछ ।