काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् ।
आज बिहान उनी दुईदिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।
नेपाल आएलगत्तै समान्था भक्तपुर गएकी छन् । अमेरिकी दूतावासका अनुसार उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ ।