काठमाडौं - मंगलबार सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार १०० रुपैयाँ कायम छ । मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम रहेको छ ।