काठमाडौ , वस्तु तथा सेवाहरूको सामान्य स्तरमा हुने दिगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ। मुद्रास्फीतिको समयमा मुद्राको क्रय क्षमतामा कमि आउँछ।
अर्थशास्त्र अनुसार मुद्रा स्फिती बस्तु तथा सेवाको मूल्यमा हुने चढावलाई बुझिन्छ । सामान्य अर्थमा मुद्राको क्रय शक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमिलाई मुद्रा स्फितीले जनाउँदछ ।
बजार अर्थतन्त्रमा, वस्तु र सेवाहरूको मूल्य सधैं परिवर्तन हुन सक्छ। केहि मूल्यहरु बढ्छस केही मूल्यहरू घट्छन्। मुद्रास्फीति तब हुन्छ जब वस्तु र सेवाहरूको मूल्यमा व्यापक वृद्धि हुन्छ, व्यक्तिगत वस्तुहरूको मात्र होइनस यसको मतलब, तपाईंले हिजो भन्दा आज कम बस्तु किन्न सक्नुहुन्छ।
पछिल्लो समय नेपाल लगायत सम्पुर्ण देशमा मुद्रास्फिती बढीरहेको छ । कोरोना माहामारीको कारण विश्व अर्थतन्त्र ओरालो लाग्यो । जसको परिमाण स्वरुप आजको दिनसम्म मुद्रास्फितीको स्थिति यँहा सम्म आइपगेको छ । कोराना माहामारी सकिँदानसकीदै युक्रेन रसियाको युद्धले झन मुद्रास्फितीलाई उकालो चढायो । जसको परिमाण स्वरुप विश्व अर्थतन्त्र
ओरालो लाग्यो र मुद्रास्फिती उकालो लाग्या े। रसिया(युकरेन युद्धको कारण विश्वभर तेलको मूल्य र खाद्यान्नको मूल्यमा भएको वृद्धिको कारण मुद्रास्फिती बड्ने वातावरण बनेको छ ।