एमाले अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७९ दिन अगाडि
एमाले अध्यक्ष  र  प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको बुझिएको छ ।