काठमाडौं उपत्यकामा देखियो बर्डफ्लू 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
काठमाडौं उपत्यकामा देखियो बर्डफ्लू 

 काठमाडौँ -काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखिएको छ । 

ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका अनुसार गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । त्यहाँ अनुसन्धानका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमुना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको हो ।  बर्डफ्लू देखिएसँगै कुखुरा र अण्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ ।