टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने सरकारकाे तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने सरकारकाे तयारी

काठमाडौं - टर्कीमा गएको विनासकारी भूकम्पमा राहत र पुनस्र्थापनका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । 

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताएका छन् ।

‘टर्की हाम्रो असल मित्रराष्ट्र हो, हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।’

आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय पछि तयारी सुरु गरेको छ ।