काठमाडाै - आउँदो शुक्रवार दुई नेपाली फिल्म एकैसाथ प्रदर्शनमा आउने भएका छन् ।
कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित फिल्म ‘आँधी तूफान २’ एकैदिन रिलिज हुन लागेका हुन् ।
प्रेमकथानक फिल्म ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । अरुण तामाङ निर्माता रहेको यस फिल्मको गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् । यस्तै, एक्सन जनरामा निर्माण भएको ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्की लगायतको अभिनय छ । मौनता श्रेष्ठको लेखन एवं निर्माणमा फिल्म बनेको होे ।