काठमाडौं - वि.सं. १९१० मा जङ्गबहादुर राणाले युरोप यात्राबाट फर्के पछि त्यहाँको शासन व्यवस्थाबाट प्रभावित भएर नेपालमा पनि हुकुमी कानुनले मात्र नचल्ने निश्कर्ष निकाल्दी मुलुकी ऐनको निमार्ण गर्न लगाएका थिए ।
यद्यपि यो कानुनले कतिपय विकृतिहरू र कुसंस्कारलाई मान्यता गरेर अझै संस्थागत गरेको भए पनि पहिलो कानुनको रूपमा यसका धेरै सकारात्मक पक्ष पनि थिए । मानव जीवनमा जन्मे देखी मृत्यु नभएसम्म हुने गतिविधिमा आधारित कानुनलाई मुलुकी ऐन भनिन्छ । वि.सं. २०२० सालमा यस कानुनका केही असान्दर्भिक दफाहरू संशोधन गरी मुलुकी ऐन २०२० जारी गरियो । झन्डै १६४ वर्ष पुराने ऐनले विद्यमान परिस्थितिमा कार्य नगर्ने हुँदा विश्वव्यापी मान्यता र मानव अधिकारका कुराहरूलाई समेत विचार गरी वि.सं. २०७४ मुलुकी संहिता ऐन जारी गरियो । यो ऐन २०७५ भदौ १ गतेबाट लागु भएको हो ।
यो मुलुकी ऐन अन्तर्गत निम्न पाँच ओटा ऐनहरू पर्छन्
१. मुलुकी देवानी संहिता २०७४
२. मुलुकी देवानी कार्यविधि संहिता २०७४
३. मुलुकी अपराध संहिता २०७४
४. मुलुकी फौजदारी कार्यविधि संहिता २०७४
५. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्य नयन) ऐन २०७४
यी कानुनको कार्यान्वयन क्रममा कसैले पनि कानुन थाहा छैन भन्न पाउँदैन भन्ने मान्यता राखिएको छ । कानुन थाहा थिएन गल्ती भयो भनेर कुनै पनि अपराधबाट छुट पाइँदैन । सबै नागरिकले कानुन जानेको छ भन्ने मान्यता राखी कारबाही गरिन्छ ।
मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता देवानी मुद्दाहरूको निरूपण गर्नका लागि बनेका हुन् भने बाँकी ती नओटा कानुन फौजदारी मुद्दा निरूपण गर्नका लागी बनेका हुन् । यी सबै कानुनका मुख्य उद्देश्य देशमा शान्ति, सुरक्षा र न्याय कायम गर्नु हो । अन्यतामा परेकालाई न्याय दिलाउनु र अन्याय गर्ने व्यक्ति वा अपराधीलाई कानुनबमोजिम सजाय दिलाई समाजमा नैतिक आचरण, अनुशासन र सदाचार कायम राख्नु हो ।
देवानी मुद्राका विषय
. नाता कायम वा सम्बन्ध विच्छेद
. दस्तुर, पारिश्रमिक, तलब, ज्याला, भत्ता
. अंश, अपुताली, दान, बकस, संरक्षक, माथवर, मात्रिक, तथा पैतृक तथा अख्तियारी, धर्म पत्र वा धर्म पुत्री
. कुनै करार, अर्ध करार, अनुचित समृद्ध अन्तर्गतको कुनै हक वा दाबी
. दुष्कृति ,अर्ध दुष्कृति वा त्रुटिपूर्ण उत्पादन सम्बन्धी हक वा दाबी
सुविधा भार, क्षतिपूर्ति, र देवानी प्रकृतिको अन्य कुनै विषय
फौजदारी मुद्दामा निम्न कुराहरु पर्दछन्
. ज्यानसम्बन्धी, कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसुर
. राज्य विरुद्ध कसुर
.मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुर
. नागरिकता सम्बन्धी कसुर
. लागु औषधसम्बन्धी कसुर
. सवारी साधनले गर्ने दुर्घटना सम्बन्धी कसुर
. राष्ट्रिय तथा सार्वजनिक सम्पदा सम्बन्धी कसुर
. करणीसम्बन्धी कसुर
. चोरी, डाँका, लुटपाट, ठगी, नाप तौलसम्बन्धी कसुर
. गोपनीयता र गाली बेजतिसम्बन्धी कसुर
. अपराध संहिता २०७४ को भाग २ र ३ मा उल्लेखित सबै अपराधसम्बन्धी कसुर