सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, शपथग्रहण भोलि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६३ दिन अगाडि
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, शपथग्रहण भोलि

कैलाली - सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।

प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता  शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुने छ ।