उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

सरकारबाट बाहिरिएको रास्वपा पनि संयन्त्रको बैठकमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६८ दिन अगाडि
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

काठमाडौँ - सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका का विषयमा छलफल हुने बताइएको छ । 

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ ।  यस विषयमा पनि दलका शीर्ष नेताहरुले आ आफ्नो धारण राख्ने भएका छन् ।