भेरीमा डुबेका २ मध्ये एक जनाको शव भेटियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
भेरीमा डुबेका २ मध्ये एक जनाको शव भेटियो

सुर्खेत- सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बि.बि.रोकाय बिहीबार भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।  जसमध्ये सशस्त्र प्रहरीको गोताखोर टिमले २१ वर्षे बीबी रोकायको शव फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले अर्का एक जनाको खोजी गरिरहेको थापाले बताए ।