नवनिर्वाचित जनप्रतिनिधिलाई ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको बधाई तथा शुभकामना (फोटो फिचर)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७७ दिन अगाडि
नवनिर्वाचित जनप्रतिनिधिलाई ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको बधाई तथा शुभकामना  (फोटो फिचर)

काठमाडौं – एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

 

शनिवार सम्पर्क मञ्चले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा तर्फका योगेश कुमार भट्टराई, समानुपातिक तर्फबाट निर्वाचित उर्मिला थेवे, प्रदेश क प्रत्यक्ष तर्फबाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई बधाई तथा सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा गत दीपावलीमा आयोजना भएको देउसी भैले कार्यक्रममा सहभागी कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकारहरू बनेको भन्दै राष्ट्रपति चुनावमा माओवादी त्यसबाट पछि हट्न नमिल्ने बताएका छन् । भट्टराईले भने जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ ।

त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने,राष्ट्रपतिमा नहुने के छ ? माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन । भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी समेत गरेका छन् । उनले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव समेत रहेका पृथ्वी सुव्बा गुरुङको प्रमुख आतिथ्यतामा, ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई, उर्मिला थेवे, संविधान सभा सदस्य पासाङ शेर्पा लगायत नेकपा एमाले नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।