शीतलनिवासमा राष्ट्रपतिको सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज (तस्बिरहरू)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५५ दिन अगाडि
शीतलनिवासमा राष्ट्रपतिको सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज (तस्बिरहरू)

काठमाडौं -  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने, त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यतालिका रहेको छ ।

सो कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको छ।   राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ बर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाएकी छिन् । आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । विदा हुने तरखरमा रहेकी भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम राखेकी हुन् ।