प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६६ दिन अगाडि
प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन  नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।