गंगालाल अस्पतालद्वारा नियमित सेवा सुचारु

चिकित्सक संघले विरोध स्वरूप सेवा बन्द गरेपनि गंगालालमा यसको प्रभाव छैन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६६ दिन अगाडि
गंगालाल अस्पतालद्वारा नियमित सेवा सुचारु

काठमाडौं - सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नेपाल चिकित्सक संघको आन्दोलनको अवज्ञा भएको छ ।

अस्पताल प्रशासनले सेवा निर्बाध रूपमा सुचारु नै रहेको जनाएको छ ।

प्रशासनका एक कर्मचारी भने, ‘आन्दोलनको कुनै प्रभाव छैन । ओपिडी चलिरहेको छ । टिकट काटिरहेका छौ । आएका बिरामी फर्काएका छैनाैँ ।’

राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि हातपात गरेको भन्दै आज देशभरि आकस्मिक बाहेकका सेवा अवरुद्ध छन् ।

चिकित्सक संघले विरोध स्वरूप सेवा बन्द गरेपछि गंगालालमा यसको प्रभाव देखिँदैन ।

वीर लगायत अन्य अस्पतालमा भने बिरामी मारमा परेका छन् । नियमित डायलासिस गराउनुपर्ने बिरामीले समेत सेवा पाउन सकेका छैनन् ।बिरामीहरूको बिचल्ली परेको छ ।