भारतविरुद्ध मैत्रीपूर्ण खेलमा एन्जिलाले नै नेपालको कप्तानी गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५४ दिन अगाडि
भारतविरुद्ध मैत्रीपूर्ण खेलमा एन्जिलाले नै नेपालको कप्तानी गर्ने

काठमाडौं - भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी एन्जिला तुम्बापो सुब्बाले नै गर्ने भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध एन्जिलालाई नै कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ । नेपालले भारतविरुद्ध दुई खेलको मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।

एन्जिलाले नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा पनि नेपालको कप्तानी गरेकी थिइन् । नियमित कप्तान रेनुका नगरकोटी साफ अघि घाइते भएपछि एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको थियो ।  रेनुकाले घरेलु मैदानको साफ गुमाएकी थिइन् ।

डिफेन्डर रेनुका भारतविरुद्ध खेल्ने टोलीमा रहेकी छिन् ।