जनयुद्ध दिवसको दिन पारेर सोमवार बिदा दिने निर्णय
काठमाडौं - भोलि (फागुन १ गते) सरकारले देशैभरि सार्वजनिक बिदा दिएको छ।
माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।