केपी ओली कप फुटबल च्याम्पियनसिपको टाइसीट ड्र सार्वजनिक

उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११६५ दिन अगाडि
केपी ओली कप फुटबल च्याम्पियनसिपको टाइसीट ड्र सार्वजनिक

काठमाडाैं - आगामी फागुन ११ गतेदेखि सुरु हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको टाइसीट ड्र सार्वजनिक भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार पत्रकार सम्मेलन गरेर ड्र सार्वजनिक गरेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा आयोजना हुने प्रतियाेगिता एन्फाको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेकाे हाे ।

आज सार्वजनिक गरिएकाे ड्र अनुसार प्रतियाेगिताकाे उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते दिउँसाे ३ बजे एन्फा कम्प्लेक्स सातदाेबाटाेमा सुरु हुनेछ ।  प्रतियाेगितामा 'ए' डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र  जावलाखेल युथ क्लब गरी ७ तथा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ८ टाेली सहभागी हुनेछन् ।

फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटी तथा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिष्पर्धा हुनेछ । फागुन १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लब आम‍्नेसामने हुनेछन् । पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् । तेस्रो र चौथो खेलको विजेताले फागुन १५ गते खेल्नेछन् । समूह चरणका सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । फाइनल खेल भने फागुन १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५०-५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, 'प्लेयल अफ द म्याच'लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।